
प्रशासन कार्यालयमा सेवा लिन आएकालाई प्रलोभनमा पारेर पैसा माग्नेलाई मुद्धा दर्ता
जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राही सँग पैसा मागेको आरोपमा शहिदलखन ७ का बिष्णु पन्त क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
आईतवार पक्राउ परेका उनलाई सोमवार सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पन्तलाई सेवाग्राही सँग बिचौलियाको काम गरेको, कार्यालय भित्रै कामकारवाहीमा बाधा पुग्ने गरी बादबिवाद गरेको आरोप लागेको छ ।




