| सोमवार, कार्तिक २३, २०८३

दरौँदीमा करेन्ट लगाएर माछा मार्ने तीन जनालाई मुद्धा दर्ता

दरौँदी नदीमा करेन्ट लगाएर माछा मार्ने तीन जना पक्राउ परेका छन् । करेन्ट लगाउन प्रयोग गरिएका ब्याट्री, तार का सामग्री सहित पक्राउ पर्नेमा पालुङटार नगरपालिका १ का सुजन कुमाल, गणेश नगर्ची, बिमल गुरुङ रहेका छन् ।

गोरखा नगरपालिका १० स्थित छेवेटारबाट प्रक्राउ परेका उनीहरुलाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको डिएसपी प्रकाश दाहालले बताए ।
गोरखाका बिभिन्न खोला नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेको गुनासो आउने गरेको छ । प्रहरीले लामो समय पछि करेन्ट लगाएर माछा मार्नेलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्