| सोमवार, कार्तिक २३, २०८३

१७ जना महिलालाई सिलाई कटाई तालिम

गोरखा नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको सिलाई कटाई तालिमको आइतबार समापन गरिएको छ । तालिममा १७ जना महिला सहभागी भएका वडा अध्यक्ष रामशरण अधिकारीले बताए ।


तालिम समापन कार्यक्रमकै अवसरमा गोरखा नगरपालिका ४ भित्र कार्यरत नौ जना महिला स्वास्थ्य स्वयम सेविकालाई झोला र छातासंगै नगरपालिकाबाट प्राप्त पोशाक भत्ता समेत वितरण गरिएको छ ।


कार्यक्रममा वडासदस्य जमिल मियाँ, भगवती खड्का, सिलाई कटाई तालिमकी प्रशिक्षक सानुमाया बानियाँ, सहभागी सिता आले लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्