| सोमवार, कार्तिक २३, २०८३

लायन्स क्लव अफ गोरखा कालीकाको अध्यक्षमा मीनादेवी श्रेष्ठ चयन

लायन्स क्लव अफ गोरखाकालीकाको अध्यक्षमा मीनादेवी श्रेष्ठ चयन भएकी छिन् । क्लवको चौँथो अधिवेशनले वर्ष २०२१÷२२ का लागि अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।
क्लवको प्रथम उपाध्यक्ष कल्पना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कमला श्रेष्ठ, तृतीय उपाध्यक्षमा शारदा खत्री र सचिवमा सरिता मास्के चयन भएका छन् ।

त्यस्तै क्लव एड्मिन्स्ट्रेटरमा प्रेमिता श्रेष्ठ, कोषाध्यक्षमा सन्तोषी जोशी, मेम्बरसिप चेयर पर्सनमा रजस्ना मास्के श्रेष्ठ, एलसिआईएफ कोर्डिनेटरमा पूर्णकुमारी शाही, क्लवको सर्भिस चेयरपर्सनमा सजना श्रेष्ठ, क्लव मार्केटिङमा लक्ष्मी श्रेष्ठ, क्लव डाईरेक्टरमा मिमी श्रेष्ठ, मनिला मास्के, दुर्गा केसी र अन्य सदस्य रहेका उपाध्यक्ष शारदा खत्रीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्