
उद्योग वाणिज्य संघमा चुनावी चहलपहल, अघिल्लो अधिवेशनमाभन्दा पाँच सय सदस्य थपिए
गोरखा उद्योग बाणिज्य संघको अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । ब्यापारी ब्यवशायीहरुको छाता संस्थाको नेतृत्वका लागि आन्तरिक छलफल, लबिङ र मतदाता ब्यवशायी, पूर्वअध्यक्षहरुसँग भेटघाटमा ब्यस्त छन् ।
आउँदो चैत २१ र २२ गते ४६ औँ साधारण सभा एवं १६ औँ अधिवेशन गोरखा सदरमुकाममा आयोजना हुँदैछ । संघका बरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ अध्यक्ष पदका बलियो उमेद्वार देखिन्छन् । उपाध्यक्ष भगवानबाबु मास्केले अध्यक्ष पद दावी गर्न सक्ने आँकलन केही ब्यवशायीको छ । ‘बरिष्ठताको आधारमा माथिल्लो पदमा रहेकाहरुले प्राथमिकता पाउने देखिन्छ’, एक पूर्व अध्यक्षले भने, ‘बरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने सम्भावना रहन्छ ।
यो परम्परा पनि छ तर समझदारी बन्न नसके चुनावै हुनसक्ने सम्भावना पनि टाढा छैन ।’ तर संघले गत वर्ष बिधान संशोधन गरेर अध्यक्ष हुन पदाधिकारी जो कोहीलाई पनि बाटो खुल्ला गरेको छ भने अन्य पदमा साधारण सदस्य जो पनि दावी गर्न पाउँछ ।
यसअघि पदाधिकारी रहेकाहरु स्वतः माथिल्लो पदका दावेदार देखिएका छन् भने केही नयाँ अनुहार सदस्यमा थपिने आँकलन गरिएको छ । संघले चैत ६ गते शुक्रवारसम्म ब्यवशायीलाई नयाँदर्ता तथा नवीकरण गरिसक्ने समय निर्धारण गरेको थियो ।
संघमा नेतृत्व गर्न चाहने ब्यवशायीले आफु निकटका ब्यवशायीलाई संघमा दर्ता गराउने क्रम पछिल्लो एक सातादेखि ह्वातै बढ्यो । करिब तीन सय जना नयाँ ब्यवशायी पछिल्लो समय दर्ता भएको संघले जनाएको छ ।
यस पटक संघमा सदस्य सदस्य करिब एघार सय पुगेको छ । गत अधिवेशनमा करिब छ सय जना ब्यवशायी आवद्ध रहेपनि रजिष्टे«शन गर्नेको संख्या पाँच सय जनाको हाराहारी थियो । नयाँ सदस्य संख्या पाँच सयले बढेको देखिन्छ ।
‘सदस्य भएर मात्रै मतदाताको अधिकार हुँदैन’, संघका अध्यक्ष जिवनज्योती श्रेष्ठले भने ‘रजिष्ट्रेशन र नवीकरण हुनुपर्छ ।’ दर्ता भएका सबै रजिष्ट्रेशन नहुन पनि सक्ने हुँदा यसवर्ष करिब एक हजार जना मतदाता हुने अनुमान गरिएको उनले बताए । गाउँपालिका स्तरमा उवासंघको इकाई गठन गरेकाले पनि सदस्यता थप भएको संघले जनाएको छ ।संघको बिधान अनुसार अध्यक्ष पदका लागि पदाधिकारी भएको हुनुपर्छ भन्ने अन्य जुनसुकै पदमा प्रतिष्पद्र्धा गर्न संघको सदस्य भएमात्रै पुग्नेछ ।
अध्यक्ष लड्न पदाधिकारी भएको हुनुपर्ने छ । अन्य पदमा उमेद्वारी दिन पाउँछन् । सदस्यता लिन घरेलु वा पालिकामा दर्ता भएको, प्यान नम्बर नबिकरण भएको हुनुपर्ने उद्योग बाणिज्य संघका कार्यालय सचिव दिपेन्द्र श्रेष्ठले बताए ।
यो अधिवेशनले अध्यक्ष सहित छ जना पदाधिकारी र अन्य सदस्य गरी १३ जना निर्वाचित गर्नेछ ।
२०३० साल फागुन २५ गते गोरखा उद्योग बाणिज्य संघको स्थापना भएको थियो ।




