
लायन्स क्लव अफ गोरखाको अध्यक्षमा चन्दनबाबु खत्री चयन
लायन्स क्लव अफ गोरखाको अध्यक्षमा चन्दनबाबु खत्री चयन भएका छन् । यस अघि उपाध्यक्ष रहेका खत्री वर्ष २०२१\२२ का लागि अध्यक्षमा चयन भएका हुन् ।
लायन्स भबनमा आज भएको अधिवेशनले खत्रीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको बर्तमान समितिका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।
समितिको प्रथम उपाध्यक्षमा लक्ष्मणबाबु आचार्य, द्धितिय उपाध्यक्ष भगवानबाबु मास्के, तृतिय उपाध्यक्ष सुजन कुँवर, सचिव अयोध्या जोशी, कोषाध्यक्ष सन्देश मास्के, क्लव प्रशासक कपिलबाबु अर्याल, लायन्सको एलसिआईएफ चेयरपर्सन श्रवणकुमार जोशी, मेम्बर सिप चेयरपर्सन शरद श्रेष्ठ, क्लव सर्भिस चेयरपर्सन गोबिन्द गुरुङ, क्लव मार्केटिङ, क्यूनिकेसन चेयरपर्सन सञ्जय अधिकारी, डाईरेक्टर अस्मकबाबु श्रेष्ठ र योङ कुमार श्रेष्ठ, सल्हाकार अच्युतलाल श्रेष्ठले रहेका छन् ।




