| आइतवार, कार्तिक २२, २०८३

रेडक्रसको २५ औँ जिल्ला सभा

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको २५ औँ जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । सभाले आउँदो वर्ष स्वास्थ्य सेवाका कार्याक्रमलाई अझै बढाउँदै लैजाने प्रताब पारित गरेको छ । यस्तै संगठन तथा जनशक्ति बिकास, महिला बिकास, बिपद् ब्यवस्थापन का कामका योजनालाई आर्थिक वर्ष २०७८/७९ मा प्राथमिकताका साथ प्रस्ताब गरिएको रेडक्रसका मन्त्री राजेन्द्र न्यौपानेले बताए ।


२०२९ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाईटी गोरखाको उपशाखा चुमनुब्री बाहेकका सबै गाउँपालिकामा विस्तार गरेको छ ।


रेडक्रसले गरेका गतिविधि र योजनाका बारेमा मन्त्री न्यौपाने, लेखा प्रतिवेदन कोषाध्यक्ष रामशरण आचार्यले प्रस्तुत गरेका थिए ।


रेडक्रस सभापति भगवानबाबु मास्केको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति रेडक्रस केन्द्रिय समितिका उपाध्यक्ष डाक्टर केशर मास्के, जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार गुरुङ, रेडक्रसका केन्द्रिय सदस्य मोहन पोखरेल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा लगायतले धारणा राखेका थिए ।


रेडक्रसले आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ३९ हजार रुपैयाँको कारोबार गरेको कोषाध्यक्ष रामशरण आचार्यले बताए । गोरखा शाखा अन्र्तगत अहिले २५ वटा उपशाखा रहेका छन् । बिपद्का बेला उद्धार, राहतका काममा रेडक्रसले अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको भन्दै जिल्ला सभामा सहभागीहरुले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्