| आइतवार, कार्तिक २२, २०८३

गोरखाको सिरानचोक बैज्ञानिक गाउँ कार्यक्रम लागु हुने देशकै पहिलो पालिका

गोरखाको सिरानचोक गाउँपालिकामा बैज्ञानिक गाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । देशभरका सात सय ५३ स्थानीय तह मध्ये पहिलो पटक सिरानचोकमा बैज्ञानिक गाउँ कार्यक्रम लागु गरिएको हो ।
यसले त्यहाँका स्थानीयको जीवन स्तर उकास्न मद्धत गर्ने विश्वास लिइएको छ । कृषि क्षेत्रलाई व्यवसायीक बनाउँदै स्थानीय स्तरमा बिऊ उत्पादन गर्ने उदेश्यले कार्याक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
शुक्रबार एक कार्यक्रमका वीच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नाष्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठ र गाउँपालिका अध्यक्ष राजु गुरुङ वीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कृषि क्षेत्रमा संग्लन स्थानीयको ठूलो जनसंख्यालाई गरिबी, बेरोजगारी, कुपोषणबाट मुक्ति र खाद्य तथा पोषण सुनिश्चित गर्ने बताइएको छ ।

पहिलो चरणमा वडा नम्बर ८ को जौवारीमा च्याउ खेति तथा बिउ उत्पादन कार्यक्रम सञ्चालन गर्ने (नाष्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले बताए । ‘बैज्ञानीक प्रविधिको प्रयोगले नागरिकको स्तर उकास्ने योजना हो’ उनले भने ।

बिउ उत्पादनको प्रयोगशाला निर्माण हुने उनले बताए । च्याउको संभावना सिरानचोक गाउँपालिका भित्र रहेकाले सजिलै च्याउ उत्पादन गर्न सकिने हुँदा स्वरोजगार बनाउने मुख्य लक्ष्य रहेको उपकुलपति श्रेष्ठले बताए ।
उक्त कार्यक्रम सञ्चालनका लागि नाष्टले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लागत सहभागीता जनाउने सहमती भएको अध्यक्ष गुरुङले बताए । साँझेदारीमा बिउ उत्पादन गर्ने ठाउँ निर्माण हुने छ । ५ वर्षे सम्झौता गरिएकाले त्यसपछि अन्य वडामा पनि माग र आवश्यकताका आधारमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछ । नाष्टले चट्याङको कारण, यसले गर्ने क्षति र बच्ने उपायका बारेमा स्थानीयलाई सचेतना जगाउने कार्यक्रम समेत संचालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्