
गुम्दामा दुई सय ८० घरधुरीलाई सिलिण्डर सहितको ग्याँस चुल्हो बितरण
गोरखाको धार्चे गाउँपालिका वडा नम्वर ५ गुम्दाका स्थानीयलाई सिलिण्डर सहितको ग्याँस चुल्हो वितरण गरिएको छ । फ्रेण्ड्स अफ सिङ्ला नामक संस्थाले दुई सय ८० घरधुरीलाइ ग्यास चुलो र सिलिण्डर वितरण गरेको हो ।
एक घर एक ग्यास अभियान अन्र्तगत ग्यासको सेट वितरण गरिएको संस्थाका अध्यक्ष एवं वडा सदस्य सोम बहादुर गुरुङले बताए । यसअघि सिङ्लाका एक सय ८५ घरधुरीलाइ पनि ग्यास चुलो र सिलिण्डर वितरण गरिएको थियो ।




