| आइतवार, कार्तिक २२, २०८३

शहिदलखन ७ र ८ का २० जनालाई ब्यूटिशीयन तालिम

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ र ८ का २० जना महिलालाई ब्यूटिशीयन तालिम दिइएको छ । प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद गोरखा पोलिटेक्निकल इन्ष्टिच्यूट पालुङटारको आयोजनामा शुक्रवार देखि तालिम सुरु भएको हो ।
सहभागीले तीन सय ९० घण्टा सिप सिकेर असिष्टेन्ट ब्यूटीशीयन तालिमको प्रमाण पत्र पाउनेछन् । महिलाहरुलाई ब्यवशायीक बनाउने उद्देश्यले पहिलो चरणको छोटो अवधी तालिम संचालन गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष रमेश थापा मगर, गोरखा बहुप्राविधिक शिक्षालयका अर्जुन देबकोटा, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, गोरखा प्राविधिक शिक्षालयका उपप्रमुख कृष्णबहादुर श्रेष्ठ लगायतले धारणा राखेका थिए । सहभागीलाई तिलु थापा र मञ्जु गुरुङले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्