
‘प्रहरीको कार्य सम्पादन र ब्यवाहारमा परिर्वतन पाउनुहुन्छ’ : एसपी खनाल
गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले प्रहरीको कार्य सम्पादन र ब्यवाहारमा सुधार गर्ने बताएका छन् ।
बिहिवार गोरखाका पत्रकारहरु सँग भेटघाट गर्दै उनले भने ‘केही दिन मै यहाँहरुले प्रहरीको काम कारवाहीमा फरक पाउनुहुन्छ ।’
जिल्ला प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेको पाँच दिन भएको बताउँदै उनले प्रहरी प्रतिको गुनासो र चुनौतीको सामना गरेर अघि बढ्ने बताए । ‘प्रहरी ऐन नियम भित्र रहेर सामाजमा शान्ति सुरक्षा कायम राख्न हाम्रो प्रयास रहनेछ’ उनले भने । अपराध रोकथाम नियन्त्रण, चेतनामुलक कार्यक्रम संचालन, पहिलेका घटनाको अनुसन्धान जस्ता कामलाई आफुले प्राथमिकतामा राखेको उनले बताए ।
प्रहरीबाट पनि गल्ती कमजोरी हुन सक्ने बताउँदै उनले भने ‘बाचडग’ को रुपमा हेरिदिनुहोला ।’ प्रहरीको पहिलो हतियार बन्दुक नभई सुचना भएको उनले बताए । प्रहरीले एक्लै केही गर्न नसक्ने बताउँदै उनले समुदायको सहयोगमा अपराध नियन्त्रण, समाजमा शान्ति सुरक्षा कायम राख्नमा जोड दिने बताए ।
‘अपराधमुक्त समाज निर्माण गर्छौँ’ उनले भने । अपराध अनुसन्धानमा असर पुग्ने बाहेकका सबै सुचना प्रहरीले उपलब्ध गराउने उनले बताए ।




