| सोमवार, कार्तिक २३, २०८३

गोरखामा मुस्मिल आयोगको सचेतनामुलक कार्यक्रम

गोरखा सदरमुकाममा मुस्मिल आयोगले सचेतनामुलक कार्यक्रम कार्यक्रम छ ।
राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले हरेक जातजातीले आफ्नो समुदायको उत्थान र विकासका लागि ब्यक्तिगत र राजनीतिक स्वार्थ त्याग्नुपर्ने बताए ।
नयाँ संविधानले मुस्लिम समुदायका अधिकांश अधिकार स्थापित गराएको बताउँदै अन्सारीले अधिकारको कार्यान्वयनका लागि जुट्नुपर्ने बताए ।

शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यका हरेक निकायमा पहुँच नपुग्नु मुस्लिम समुदाय पछाडी पर्नुको मुख्य कारण रहेको समेत उनले बताए । कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय महासचिव रहमतुल्लाह मियाँ, गोरखा नगरपालिका २ का वडाध्यक्ष रहमतुल्ला मियाँ, नेपाल इत्तेहाद संगठनका जिल्ला अध्यक्ष मुमदिन मियाँ, गोरखा जामे मस्जिदका अध्यक्ष बाबुदिन मियाँ, गोरखा एकता समाजका अध्यक्ष जमिल मियाँ लगायतले मुस्लिम समुदायले भोगिरहेका समस्याका बारे आयोगलाई जानकारी गराएका थिए । कार्यक्रममा आयेगका सचिव सुनिता नेपालले कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्