| आइतवार, कार्तिक २२, २०८३

शहीद लखनको किसानलाई ब्याड बोका बितरण

गोरखा । जिल्लाको शहीद लखन गाँउपालिकाले किसानलाई बोयर जातको ब्याड बोका वितरण गरेको छ ।पालिका भित्रका विभिन्न वडाका किसानहरुलाई अनुदानमा ब्याड बोका वितरण गरिएको हो ।

यसमा पालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागत सहभागीता रहेको गाँउपालिकाको पशु सेवा विभागले जनाएको छ ।विभागका अनुसार पालिकाले प्रतिबोका ४८ हजार रुपैयाँ अनुदान दिएको हो भने बाँकी किसानले हालेका हुन् ।

१४ जना किसानलाई ब्याड बोका खरिदका लागी पालिकाले ६ लाख ७२ हजार अनुदान दिएको हो ।

किसानको ३ लाख ८३ हजार रुपैयाँ लागत सहभागीतासहित १० लाख ५४ हजारको ब्याड बोका खरिद गरी वितरण गरिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्