
कसरी सुध्रिएला गोरखा अस्पताल !
कागजमा ५० शैयाको बनेको वर्षौँ भएपनि अहिले सम्म गोरखा अस्पतालबाट सर्वसाधारणले शैया अनुसारको सेवा लिन पाएका छैनन् । यन्त्र उपकरण अभाव, एक्सरे मेसिन चल्ने बिजुली क्षमता नहुनु, बिजुली बत्ती गएको बेला चलाउने जेनेरेटर नहुँदा शल्यक्रिया प्रभावित हुने गोरखा अस्पतालमा अहिले यो समस्या छैन । बिरामी भर्ना भएको बेडमा भुस्याहा कुकुर सुत्ने गथ्र्यो, यो अवस्था फेरिएको छ । विषेशज्ञ चिकित्सक नहुँदा गेटबाटै बिरामी रिफर हुने अवस्था थियो । आर्थिक संकटको समाना गर्नुपर्ने, तलब भत्ता नै खुवाउन नसक्ने अवस्था पनि अहिले छैन ।अधिकासं समस्या समाधान भएका छन् तर बिरामीले सेवा पाउने दरमा भने खासै सुधार देखिँदैन । अनेकौँ बाहनामा अस्पतालको सेवा प्रभावित भईरहेको छ । के गर्दा अस्पताल सुधार गर्न सकिएला ।
‘भौतिक संरचना नभएर सेवा प्रभावित भयो’ : डाक्टर शान्ति भुर्तेल, निमित्त मेसु
अस्पतालमा भौतिक संरचनाको अभाव छ । पुन निर्माणको क्रममा रहेकाले डाक्टरको क्वाटरबाट सेवा दिईरहेका छौँ । त्यो तपाईहरुले पनि देखिरहनुभएको छ । अहिले अस्पतालमा जनशक्ति थपिएको छ । विषेशज्ञ डाक्टरहरु हुनुहुन्छ । तर सेवा सहज रुपमा दिने ठाउँ अभाव छ । साँघुरो गरी सेवा दिनुपरेको छ । यो अवस्थामा हामीले चाहे अनुसार सेवा दिन सकेका छैनौँ । भबन छिटो बनेसँगै हामीले सेवा बिस्तार गरेर दिन सक्छौँ ।
पछि डाक्टर नहुने भबन हुने को कि भन्ने चिन्ता छ । पहिले भन्दा म आईसकेपछि के न केही बिरामीको चाप बढेको छ । सेवा बिस्तार गरेका छौँ । स्थायी दरबन्दीमा थोरै कर्मचारी हुँदा सेवा दिन समस्या भएको छ । कर्मचारी पदपूर्ती हुने, विषेशज्ञ डाक्टर रहने हो भने सेवा दिन कुनै समस्या छैन । हामीले बिरामीलाई गोरखा अस्पतालमा यस अघि भन्दा राम्रो सेवा दिन सक्छौँ ।
‘जनशक्ति र संरचनाले मात्रै सेवा राम्रो हुँदैन’ :गोर्वद्धन श्रेष्ठ, सदस्य अस्पताल बिकास समिति
जनशक्ति र अस्पताल भबन, यन्त्र उपकरणले मात्रै सेवा राम्रो नहुने रहेछ । सबैभन्दा पहिलो चिकित्सक र बिरामी बिचको दुरी नजिक हुनुपर्छ । सेवा लिन आउनेहरुलाई अस्पताल, डाक्टर र यहाँको सेवा प्रति विश्वास बढुनुपर्छ । त्यसका लागि अस्पताल बिकास समितिले के गर्नुपर्छ तयार छ । हामीले गरिरहेका पनि छौँ ।
अस्पतालका प्रमुख सहित सबै डाक्टर, कर्मचारीले प्रभावकारी सेवा दिनमा जोड गर्नुपर्छ । सरकारी अस्पताल प्रति बिरामीको विश्वास बढाउनु भुमिका खेल्नुपर्छ । हामीले आन्तरिक ब्यवस्थापनमा सघाउने हो सेवा कस्तो बनाउने भन्ने हात कर्मचारीको हुन्छ ।
हामीले प्राईभेट क्लिनिकले जसरी चुस्त सेवा दिन नसक्नु, विश्वास जित्न नसक्नु, निरन्तर फलोअप कम हुनुु जस्ता कारणले बिरामीले कम भएको जस्तो लाग्छ । कर्मचारी २४ सै घण्टा सेवा दिन सक्रिय हुनुपर्छ । डाक्टरहरुले निजी स्वास्थ्य संस्थालाई प्राथमिकतामा राख्नु हुँदैन ।
जनशक्ति, बिरामी सँगको नियमित सम्पर्क, विश्वसनियता, सहज, सरल छिटो उपचार, उचित ब्यवस्थापन, तुरन्त सामग्री जोहो गर्न सक्ने स्टोर, लेखा शाखाको चुस्ता कार्यशैली र समिटिको सक्रियताले गोरखा अस्पताल फुल फेजमा चल्न सक्छ । सेवा दिन सकिन्छ ।
अहिले हामीलाई भबन छैन सेवा दिन सकिएको छैन भन्न सजिलो छ । अहिलेको अवस्थामा यो यथार्थ पनि हो । तर भबन बन्ने, डाक्टर हुने, उपकरण हुने र बिरामी रिफर हुने अवस्था आयो भने गोरखाको दुर्गम गाउँका जनताले महँगो पैसा तिरेर अन्यत्र उपचार गर्नुपर्ने बाध्यता जे गरेपनि हट्दैन । यसलाई समिति एक्लैले निराकरण गर्ने अवस्था छैन । हामीले संघ र प्रदेश सरकार सँग समन्वय गरिरहेका छौँ । तर अपेक्षा अनुसार सहयोग मिलेको छैन ।




