| सोमवार, कार्तिक २३, २०८३

आरुघाट गाउँपालिकाद्वारा मानव सेवा आश्रम र गुरुकुललाई एक लाख सहयोग

गोरखाको आरुघाट गाउँपालिकाले मानव सेवा आश्रम गोरखालाई ५० हजार आर्थिक सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष पूर्ण दाहालले आश्रमकी मुना लामालाई एक कार्यक्रमका बिच मंगलवार चेक हस्तान्तरण गरेका हुन् । आश्रममा अहिले ४० जना भन्दाबढि बालवालिकाले आश्रय लिईरहेको छन् ।
स्थानीय तह, संघ संस्था र ब्यक्तिहरुको सहयोगमा गोरखा सदरमुकाममा मानव सेवा आश्रम संचालनमा छ । यस्तै आरुघाट गाउँपालिकाले बुधवार नै गोरखा सदरमुकामको गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई पनि नगद ५० हजार सहयोग गरेको छ ।

आबासिय रुपमा पढ्दै आएका विद्यार्थीको पालन पोषमा सहयोग पु¥याउने उद्देश्यले परोपरकारी संस्थाहरुलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्