| मङ्लबार, कार्तिक २४, २०८३

१०९ जना अपाङ्गता भएकालाई सहायता सामग्री बितरण

शहिदलखन गाउँपालिकाले अपाङ्गता भएका १०९ जनालाई सोमवार सहायता सामग्री बितरण गरेको छ । शहिदलखन गाउँपालिका कार्यालयको साझेदारीमा वडा नम्बर १ देखि ९ सम्मका ब्यक्तिहरुलाई ह्विलचियर, करचेश, बैशाखी, सेतो छडी, श्रवण यन्त्र, ट्वाईलेट चियर बितरण गरिएको हो ।
अन्य वडामा बितरण सकेर सोमवार शहिदलखन गाउँपालिका वडा नम्बर ७ र ८ का ३० जनालाई बितरण गरिएको थियो । वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, वडा सचिव अमृता सिग्देल, प्रगतीशिल अपाङ्ग संघ गोरखाका अध्यक्ष अमर गुरुङ लगायतले धारणा राखेका थिए । सहायता सामग्री पाएपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्