
मसला तथा किराना ब्यवसायी संघको पहिलो साधारणसभा सम्पन्न
मसला तथा किराना ब्यवशायी संघको पहिलो साधारणसभा शनिवार भएको छ । संघका अध्यक्ष अरबिन्द गुप्ताको अध्यक्षता एवं गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा पहिलो साधारण सभा पश्चिमकालीमा भएको हो ।
सो साधारण सभामा कालिमाटी टोल बिकास संस्थाका कोषाध्यक्ष दिपक शाही, संघका सचिव सन्दिप रौनियारलगायतले धारणा राखेका थिए ।
गोरखा सदरमुकामको बिसौनी मोडमा रहेको कार्यालयबाट संघले ब्यवशायीलाई सेवा दिइरहेको अध्यक्ष गुप्ताले बताए ।




