
उवासंघ गोरखाको महिला उद्यामी बिकास समितिको अध्यक्षमा शुसिला श्रेष्ठ
उद्योग बाणिज्य संघ महिला उद्यमी बिकास समितिको अध्यक्षमा शुसिला श्रेष्ठ सहित पदाधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार गोरखा सदरमुकाममा भएको नवौँ साधारण सभा एवं चौँथो अधिवेशनले उपाध्यक्षमा शुष्मा श्रेष्ठ, सचिव जुनाकुमारी विश्वकर्मा, सहसचिव सादरा खत्री, कोषाध्यक्ष रिता श्रेष्ठ र सहकोषाध्यक्षमा रुपा गुरुङलाई चयन गरेको हो । समितिको सदस्यहरुमा सरिता मास्के, कल्पना श्रेष्ठ, सुकु राना, सिर्जना पाण्डे (बस्नेत) बिमा गुरुङ र रञ्जु घिमिरे रहेका निर्वाचन मण्डका सदस्य चन्दनबाबु खत्रीले बताए ।
महिला उद्यमी बिकास समितिका निर्वतमान अध्यक्ष रिता रेग्मीको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, महिला उद्यमी बिकास समितिकी संस्थापक अध्यक्ष देबु मास्के, उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठ, पूर्व अध्यक्ष श्रवणकुमार जोशी लगायतले धारणा राखेका थिए । उद्योग बाणिज्य संघका सदस्य गोबिन्द गुरुङको संयोजकत्वमा रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको संघले जनाएको छ ।




