| सोमवार, कार्तिक २३, २०८३

नवजागृतीमा चण्डी माविमा नेविसंघ इकाई गठन

भिमसेन थापा गाउँपालिका ६ को नवजागृती चण्डी मावि अश्राङमा नेपाल विद्यार्थी संघको इकाई गठन भएको छ । बबिता बानियाँ अध्यक्षतामा १५ सदस्यिय समिति गठन भएको नेविसंघका जिल्ला सदस्य रमेश थापा मगरले बताए ।
समितिको उपाध्यक्षमा रोहन श्रेष्ठ, नसिफा खातुन, सचिव राम भन्तना, पुनम खड्का रहेका छन् । कार्यक्रममा नेविसंघका जिल्ला सदस्य रमेश थापा मगर, नेपाली कांग्रेस भिमेसन थापा वडा नम्बर ६ का सभापति भिबहादुर थापा मगर, सचिव निमप्रसाद भट्ट लगायतले नेविसंघको कामका बारेमा धारणा राखेका थिए । अहिले नेविसंघले जिल्लाका बिभिन्न विद्यालय तथा क्याम्पसमा इकाई गठनलाई तिब्रता दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्