
मान्बुको एक घरमा आगलागी
आरुघाट गाउँपलिकाको मान्बुमा विजय घलेको घरमा आगलागी भएको छ । विहिवार विहान करीब ८ः३० मा भएको सो घटनामा मानविय क्षति नभएको तर १ तले, २ कोठा भएको पक्कि घर क्षति भएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
हाइटेन्सन लाइनको मर्मत हुदैँ गर्दा विद्युतिय करेन्ट बढि मात्रामा प्रसार हुदाँ उक्त आगलागी भएको उनले जानकारी दिए । करिब २० लाख बराबरको धनजनको क्षती भएको पनि उनले बताए ।




