| आइतवार, कार्तिक २२, २०८३

घैरुङको हिमालय माविको नयाँ भवन उद्घाटन

भारत सरकारको सहयोगमा निर्माण सम्पन्न शहीदलखन गाउँपालिका ६ घैरुङको हिमालय माविको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ ।
चार करोड ८२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न १८ कोठे भवनको पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उद्घाटन गरेका हुन् ।
सो भवन निर्माणका लागि भारत सरकारबाट चार करोड ३३ लाख र जिल्ला समन्वय समिति गोरखाबाट ५० लाख बिनियोजन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सांसद हरिराज अधिकारी, भारतीय दूतावासका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्