
सेढाईँ कुलदेवता मन्दिर निर्माणका लागि आर्थिक संकलन
पालुङ्टार नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने सेढाईँ समाजले कुलदेवताको मन्दिर निर्माण सुरु गरेका छन् । आफ्नै कुल खान्दानसँग अर्थ संकलन गरी सेढाईहरुको बसोबास रहेको रिपथोकमा कुलदेवताको मन्दिर निर्माण कार्य सुरु गरिएको स्थानीय रामजी सेढाईँले जानकारी दिए ।
उनका अनुसार हालसम्म एकलाख ८० हजार रुपैयाँ संकलन भइसकेको छ । हालै डाक्टर सिपी सेढाईँले ५५ हजार पाँचसय ५५ रुपैयाँ र अर्का स्थानीय दीपक सेढाईँले ५० हजार रुपैयाँ आर्थिक सहायता गरेका छन् । मन्दिर निर्माणका लागि स्थानीय उमाकान्त सेढाईँले निशुल्क रुपमा जग्गा दान गरेका थिए ।
दुईलाख ७० हजार रुपैयाँमा मन्दिर निर्माणको ठेक्का दिएको सेढाईँले बताए ।




