| आइतवार, कार्तिक २२, २०८३

देश अझै संकटको चक्रव्यूहमा : पूर्व प्रम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले देश झन संकटको भूमरीमा जेलिएको बताएका छन् ।

राजनीतिक परिस्थिति सोचेजस्तो समाधानोन्मुख नगएको भन्दै उनले राजनीतिक चक्रव्यूह तयार गर्ने प्रतिगामी शक्तिलाई समाप्त पार्न अघि बढ्नु पर्ने उनले औँल्याए ।
शहिदलखन गाँउपालिका ६ घैरुङस्थित हिमालय माविको भवन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संविधानलाई लत्याएर प्रधानमन्त्री ओलीले मुलुकलाई बन्दी बनाइरहेको बताएका हुन् ।
‘हामीले त्यत्रो बलिदान गरेर बनाएको संबिधानलाई लत्याएर प्रतिगामी कदम चालियो’ डा. भट्टराईले भने ‘आज संबिधानको पक्षमा फैसला त आएको छ, जितेको छ, देशले न्याय पाएको छ’, तर ‘संसद पुनस्र्थापना भएपनि देशमा अझै संकट टरेको छैन ।’
साथै उनले प्रतिगामी तत्वलाई परास्त गर्न सबै दल एकै ठाउँमा उभिनुपर्नेमा पनि जोड दिए । त्यस्तै राजनीतिक चलखेलका कारण बूढीगण्डकी आयोजना अघि बढ्न नसकेको समेत भट्टराईको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्