| सोमवार, कार्तिक २३, २०८३

भुतपूर्व विद्यार्थी शिव श्रेष्ठद्धारा हिमालय माविमा अक्षयकोष स्थापना

गोरखाको शहिदलखन गाउँपालिका ६ स्थित हिमालय माध्यामिक विद्यालयमा पूर्व विद्यार्थी शिव श्रेष्ठले अक्षयकोष स्थापना गरेका छन् ।

बिहिवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उनले ५० हजार रुपैयाँको छात्रवृत्ती अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त विद्यालयबाट २०६८ सालमा एसएलसी उर्तीण गरेका श्रेष्ठले २०७४ सालमा सोही विद्यालयमा अध्यापन समेत गराएका थिए । अहिले उनी नेपाल सरकारको प्रशासन सहायक पाँचौँ तहमा स्थायी कार्यरत कर्मचारी हुन् । आफु पढेको, पढाएको विद्यालयको शैक्षिक गुणस्तर बढाउन छात्रवृत्ती अक्षयकोष स्थापना गरेको उनले बताए ।
उक्त कोषबाट हरेक वर्ष १० जना विद्यर्थीलाई छात्रवृत्ती प्रदान रिने प्रधानाध्यापक सिताराम ढकालले बताए । अक्षकोषका संस्थापक श्रेष्ठका बाबु जीवन कुमार श्रेष्ठ, आमा रमा श्रेष्ठसहितको उपस्थितीमा विद्यालयलाई बिहिवार रकम हस्तान्तरण गरिएको हो । अक्षयकोषलाई थप्दै जाने र विद्यालयको शैक्षिक गुणस्तर बढाउन भुतपूर्व विद्यार्थीहरुलाई संगठित गर्ने योजना रहेको अक्षयकोषका संस्थापक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्