| आइतवार, कार्तिक २२, २०८३

नेकपाको नगर कार्यालय हटाएर एमालेको बोर्ड

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को गोरखा नगर कार्यलयको बोर्ड हटाएर नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ले बोर्ड राखेको छ । नेकपा माओवादी र एमालेबिच पार्टी एकता हुँदा नगर समितिको कार्यालय बनाइएको उक्त भबन त्यस अघि एमालेको पार्टी कार्यालय थियो ।

मदन आश्रीत स्मृती प्रतिष्ठानको नाममा रहेको उक्त भबन कसको हुने भन्ने विषयमा नेकपा बिभाजित भएपछि ओली र प्रचण्ड पक्षधर बिच पनि बिवाद भएको थियो । उक्त बिवाद पछि प्रहरीले चाईनिजधारा स्थित उक्त कार्यालयमा सुरक्षा दिँदै आएका थियो ।

आईतवार सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को मान्यता ऋषिराम कट्टेललाई दिएपछि माओवादी केन्द्र र नेकपा एमाले पूर्ववत अवस्थामा रहने भएका हुन् । उक्त निणर्य सँगै बिभिन्न जिल्लामा पार्टी कार्यालय स्थापना गर्ने, बोर्ड राख्ने काम सुरु भएको छ । नेकपाको पार्टी कार्यालयको रुपमा रहेको पाटेचौर स्थित माओवादी पाार्टी कार्यालयबाट पूर्ववत अवस्थामै माओवादीले गतिविधी संचालन गर्ने भएको छ । कार्यालय स्थापनाका क्रममा प्रचण्ड माधव पक्षधर नेकपाका जिल्ला नेता कार्यकर्ता भने उपस्थित थिएनन् ।

प्रतिक्रिया दिनुहोस्