
सिरानचोक ७ का वडासदस्य कांग्रेसमा प्रवेश
सिरानचोक गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य कुमार गुरुङ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित उनले मंगलवार कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेबाट सदस्यता लिएका हुन् ।
कम्युनिष्ट पार्टीले जनताको आशा र भरोसा तोडेकाले आफुले कम्यूनिष्ट पार्टी छाडेको उनले बताएका छन् । नेपाली काँग्रेसले आयोजना गरेको संगठन सुदृढि करण तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले माओवादी परित्याग गरेका हुन् । रोणीदेव घिमिरेको अध्यक्षता र केन्द्रिय सदस्य पाण्डेको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा गण्डकी प्रदेशका संसदहरु प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, काँग्रेसका क्षेत्रिय सभापति गोविन्द गुरुङ, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रीता देवकोटा, गोरखा नगर सभापति चन्दनबाबु खत्री, जिल्ला सदस्य मिना अधिकारी, आमन्त्रित सदस्य शेखर ढकाल, रुप बहादुर गुरुङ, महिला संघकी पूर्व केन्द्रिय सदस्य रविकला खनाल, जिल्ला कमिटी सल्लाहकार प्रदिपबाबु ढकाल, वडाध्यक्ष सुरज ढकाल लगायतले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए ।




