| आइतवार, कार्तिक २२, २०८३

उद्योग बाणिज्य संघले स्थापना दिबस मनायो

गोरखा उद्योग बाणिज्य संघले मंगलवार ४७ औँ स्थापना दिबस मनाएको छ । गोरखा नगरपालिका वडा नम्बर १० मा रहेको बिरेन्चोक सामुदायिक होमस्टेमा एक कार्यक्रम गरी संघले सरोकारवाला बिच छलफल गरेको हो ।

होमस्टे प्रर्वद्धनका लागि बिरेन्चोकमा स्थापना दिबसको कार्यक्रम गरिएको संघका महासचिव राजुबाबु श्रेष्ठले बताए । उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । उद्योग, ब्यवशायको प्रर्वद्धन र ब्यापारी ब्यवशायीको हक हितका बारेमा छलफल भएको महासचिव श्रेष्ठले बताए ।

यस अघि संघले मंगलवार नै ब्यवशायीक आचारसंहिताको बोर्ड टाँस गरेको छ । संघको कार्यालय छहरे र बसपार्कमा बोर्ड टाँसिएको र अर्को एक उपयुक्त ठाउँ हेरेर टाँस्ने निणर् भएको महासचिव श्रेष्ठले बताए । उक्त बोर्डमा ब्यापार ब्यव शाय गर्दा ध्यान दिनुपर्ने कुरा, ब्यवशायीले पालना गर्र्नुे नियमको बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्