पाडा र राँगो वितरणको प्रभावकारिता
स्थानीय सरकारको कतिपय कार्यक्रमबारे सुन्दा सामान्य लाग्न सक्छ, तर त्यसको प्रभावकारिता अमापनीय हुनसक्छ ।
कतिपय गाउँ/नगरपालिकाले मातृ, शिशु स्वास्थ्यको क्षेत्रमा गरेको कार्यक्रम मुक्तकण्ठले प्रशंसा नगरी सकिन्न । कतिपय पालिकाले बाँझो जग्गामा आवादी गर्न प्रोत्साहित गर्ने कार्यक्रम लागु गरेर उदाहरणीय काम गरेका छन् ।
बेरोजगारीलाई रोजगारी, रोजगारीलाई स्वरोजगारी बनाउने कतिपय पालिकाको काम प्रशंसनीय छन् । ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, बालबालिकालाई शिक्षादीक्षामा सहयोग गर्ने कतिपय पालिकाको कार्यक्रमहरु सह्राननीय छन् । किसानलाई राहत पुग्ने खालका कार्यक्रमहरु पनि कतिपय पालिकाले सञ्चालन गरिरहेका छन् ।
हालै आरुघाट गाउँपालिकाले किसानलाई राँगो र पाडाहरु वितरण गर्यो । हेर्दा सामान्य लाग्छ । वितरणमुखी कार्यक्रम हो, आफ्ना कार्यकर्ता रिझाउन यस्ता कार्यक्रम गरिएको जस्तो पनि लाग्न सक्छ तर यस्ता कार्यक्रमले सुक्ष्मरुपमा किसानलाई आफ्नो पेशालाई सुदृढीकरण गर्न टेवा पुर्याउँछ ।
तर यसमा पनि नकारात्मक पक्ष हुन्छ । आफ्ना कार्यकर्ता मात्र छानेर वितरण गरियो भने यो दुखद हुन्छ । तर निश्पक्ष र पारदर्शी भयो भने यस्ता कार्यक्रमलाई निरन्तरता दिनु उत्तम हुन्छ ।
वितरणमुखी कार्यक्रम दोषमुक्त हुदैनन् । कतिपय ठाउँमा किसानलाई अनुदान दिने भन्ने नाउँमा गैरकिसानलाई अनुदान दिइन्छ ।
आफ्ना चुनावमा खटेको नाउँमा गरिखाओस् भनेर विभिन्न बहानामा अनुदान दिइन्छ । यदि त्यस्तो हो भने त्यो आलोच्य हो । अरु सर्वसाधारणले पनि यसलाई क्षमा दिनुहुन्न । भण्डाफोर गर्नुपर्छ ।
अन्यथा, किसानलाई प्रवद्र्धन गर्ने खालका कार्यक्रम प्रभावकारी हुन्छन् । यस्ता कार्यक्रमलाई गल्ती कमजोरी सुधार गर्दै निरन्तरता दिदै जानुपर्छ ।




