| सोमवार, कार्तिक २३, २०८३

बैशाखदेखि बैंकको ब्याजदर बढ्ने

बैंकहरुमा लगानीयोग्य रकम (तरलता) साँघुरिँदै गएको छ। माघ लागेदेखि नै संकलित निक्षेपभन्दा कर्जा प्रवाहको दर बढ्दै गएको छ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार माघ २ गतेदेखि फागुन १४ गतेसम्म आउँदा २७ वाणिज्य बैंकहरुमा ३० अर्ब रुपैयाँ निक्षेप थपिएको छ। 

जवकि यसै अवधिमा थप भएको कर्जा प्रवाह १ खर्ब २६ अर्ब रुपैयाँ छ। निक्षेपभन्दा कर्जा प्रवाह ४.२ गुणा धेरैले बढेको छ। 

छिल्लो समय आयात बढ्दै जाँदा बाहिरिने रकम बढेको छ। जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम साघुरिँदै गएको छ। ‘आयात बढ्दा रकम बाहिरिन्छ, यसले स्वभाविक रुपमा तरलतामा चाप पर्छ’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने ‘तरलतामा परेको चापले ब्याजदर केही माथि जान सक्छ।’

प्रतिक्रिया दिनुहोस्