| आइतवार, कार्तिक २२, २०८३

धमाधम विद्युत उत्पादनको काम, आशाका किरण

विद्युत माफियाहरुले ‘झोलामा खोला’ राख्ने प्रवृत्तिका कारण देशमा जलविद्युत उत्पादनको काम ज्यादै न्यून गतिमा थियो । कर्मचारीतन्त्रसँग साँठगाँठ गर्ने, स्थानीयबासीलाई थाहपत्तो नदिई खोला आफ्नो नाममा दर्ता गर्ने तर उत्पादनको काम नगर्ने गर्दा समस्या निक्कै जर्जर थियो ।
तर केहीबर्ष यता अबस्थामा सुधारको संकेत देखिन थालेको छ । निजी क्षेत्रबाट विद्युत उत्पादनको काम धमाधम नइरहेका छन् । गोरखामै पनि यसको उदाहरण देख्न सकिन्छ ।
अहिले गोरखामा एउटा कम्पनीले ५ मेगावाटको जलविद्युत उत्पादनको अन्तिम तयारी गरेको छ । रिचेतखोला हाइडूोपावर कम्पनीले काशिगाउँको यार्सागाउँभन्दा तल पावरहाउस बनाएर करिब करिब सबै संरचना निर्माण गरिसकेको छ । जडान गर्न बाँकी एउटा भल्भ पनि चैतभित्र राखेर बैशाखदेखि विद्युत उत्पादन सुरु गर्ने जनाएको छ ।

सो आयोजनाका लागि राष्टिूय वाणिज्य वैँकले ऋण लगानी गरेको छ ।
त्यस्तै धार्चे गाउँपालिका वडा नं. ४ जेर्बुखोलामा पनि जलविद्युत उत्पादनको काम धमाधम भइरहेको छ । विकास हाइडूोपावर कम्पनीले ४.५ मेगावाटको अपर माछाखोला जलविद्युत आयोजनाको संरचना निर्माण गर्ने काम ३५ प्रतिशत पूरा गरिसकेको छ । आउँदो छ सात महिनामा काम सम्पन्न गरी आउँदो दशैबाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको सो कम्पनीले जनाएको छ ।

सो आयोजनाका लागि प्राइम कमर्सियल वैँकले ऋण लगानी गरेको छ ।
त्यस्तै सिरानचोक गाउँपालिका २ थालाजुङमा चम्पावती हाइड्रोपावर कम्पनीले ८.६ मेगावाट क्षमताको जलविद्युत उत्पादनको कार्य शुभारम्भ गरेको छ । हाइडूो इञ्जिनियरहरुको लगाव रहेकाले यहाँबाट पनि छिट्टै विद्युत उत्पादन हुने विश्वास गर्न सकिन्छ ।
सो आयोजनाका लागि एनएमवी वैँकले ऋण लगानी गरेको छ ।
विद्युत उत्पादनको यो गतिले विकासको केही नवकिरण उदाएको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्