| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकामा १८८ जनाले सय दिनको रोजगारी पाउने

गोरखा नगरपालिकाभित्र चालुआर्थिक वर्ष एक सय ८८ जनाले एकसय दिनको रोजगारी पाउने भएका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत पहिलो चरणमा एक सय र दोस्रो चरणमा ८८ गरी चालु वर्षका लागि रोजगारदाता सूचीकृत भईसकेको रोजगार संयोजक सुजन श्रेष्ठले बताए ।
‘दैनिक पाँच सय १७ रुपैयाँ ज्याला दिने गरी हामीले छनौट हुनु भएकाहरुलाई काम लगाउँछौँ’ उनले भने । वडाले छनौट गरेर पठाएका योजनाको स्टमेट धमाधम भईरहेकाले फागुन भित्रैबाट प्रधानमन्त्री स्वरोजगारको कार्यक्रम सुरु हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कुन योजनामा काम लगाउने भन्ने छनौट गर्ने जिम्मा वडालाई दिएको र नगरकार्यपालिकाबाट स्वीकृत गराएपछि ती योजनामा काम लगाउने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए । ‘देखिने खालका बिकास निर्माणका योजनामा श्रम गर्न लगाउने योजनामा छौँ’, उनले भने । चौतारो निर्माण, सडक, बाटोघाटो लगायतका काम लगाईने उनले बताए ।
१८ देखि ५९ वर्ष उमेर समूहका गत वर्ष रोजगारीका लागि नाम सूचीकृत गरेकाहरु यस आर्थिक वर्षका लागि छनौट भएका छन् । उनीहरुले एकसय दिनको रोजगारी पाउँछन् । आउँदो वर्ष सय दिन काम गर्न इच्छुक ब्यक्तिले फागुन महिनाको मसान्तसम्म नजिकको वडा कार्यालयमा आवेदन दिनुपर्छ । वडाले उक्त आवेदन नगरपालिका र नगरपालिकाले सूचीकृतका लागि पठाउने गर्छ । अहिले आवेदन दिएकाहरु सूचीकृत भएको खण्डमा आर्थिक वर्ष २०७८÷८९का लागि उनीहरुले सय दिनको रोजगारी पाउने गोरखा नगरपालिकाका रोजगार संयोजक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्