| सोमवार, कार्तिक २३, २०८३

काठमाण्डौँबाट गोरखा आउँदै गरेको यात्रुबस दुर्घटना, यात्रु घाईते

काठमाण्डौँबाट गोरखा आउँदै ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । पृथ्वीराजमार्ग अन्र्तगत धादीङको मछेडीखोलामा करिब साँढे १० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गोरखा आउने केही यात्रु घाईते भएका छन् । घाईते यात्रुको संख्या र स्वास्थ्य अवस्था भने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अर्को यात्रुबाहक बसले ओभरटेक गर्ने क्रममा गोरखाको यात्रुबाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शी रेखा तामाङले बताईन ।

प्रतिक्रिया दिनुहोस्