| सोमवार, कार्तिक २३, २०८३

आयुर्वेदीक शिविरमा तीन सय २४ जनाले सेवा लिए

गोरखा नगरपालिकाको आयुर्वेद शाखाको आयोजनामा शनिवार एक दिने शिविर भएको छ । शिविरमा पायल्स, फिस्टुला, फिसर ६५, स्त्रि रोग ६०, बाथ ब्यादी ९५ र पेट संम्बन्धि लगायत अन्य गरी एक चार जनाले सेवा लिएको आयुर्वेद शाखाका प्रमुख जिबनकुमार श्रेष्ठले बताए ।
शिविरमा गोरखा नगरपालिका, शहिदलखन गाउँपालिका, आरुघाट, बारपाक सुलिकोट लगायतका ठाउँबाट मानिस जाँच गराउन आएका थिए । सेवा लिने अधिकासं महिला रहेको आयुर्वेद शाखाले जनाएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डाक्टर प्रदिप केसी, साधन त्रिपाठी लगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्