| आइतवार, कार्तिक २२, २०८३

शहिदलखनमा पाँच सय ५७ जना महिलाको पाठेघर जाँच

शहिद लखन गाउँपालिका भित्रका बिभिन्न वडाहरुमा महिलाहरुको पाठेघर परीक्षण शिविर संचालन गरिएको छ । पाँच दिनसम्म चलेको शिविरमा पाँच सय ५७ जना महिलाको स्वास्थ्य जाँच गरिएको थियो ।
जाँच गरिएका मध्ये तीन जनामा पाठेघरको क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएपछि थप उपचारका लागि भरतपूर क्यान्स अस्पताल रिफर गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । दुई सय २७ जनाको पाठघरमा संक्रमण देखिएको छ । चार जना महिलामा आङ खस्न सक्ने पहिलो चरणको समस्या देखिएको छ । १५ जनाको दोश्रो र नौ जनामा तेश्रो चरणमा समस्या देखिएको उनले बताए ।

२० जनामा भिइआइए पोजेटिभ देखिएको छ । उक्त समस्या निराकरण गर्नको लागि थर्मोकोबुलेसन विधिद्धारा उपचार गरिएको छ । यो प्रविधीले १० वर्षपछि सम्म हुने क्यान्सरलाई निराकरण गर्ने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।
बुंकोट स्वास्थ्य चौकी, ताक्लुङ स्वास्थ्य चौकी, मनकामना आधारभूत केन्द्रमा र मास्किछापको आसिसी भिलेजमा शिविर गरिएको थियो । प्राप्त तथ्याङ्कको विश्लेषण गरी आगामी वर्ष अन्य वडामा शिविर गर्ने उक्त गाउँपालिको तयारी छ । रोटरी र रोट्याक्ट क्लब अफ गोरखाको आयोजनामा र नेपाल अष्टेलिन सर्भाकल क्यान्सर फाउण्डेस बनेपा एनएसिसी प्राविधिक सहयोगमा र गाउँपालिाको समन्वयमा शिविर भएको हो ।

प्रतिक्रिया दिनुहोस्