| मङ्लबार, कार्तिक २४, २०८३

कपन गुम्बाद्वारा छेकम्पार र चुम्चेतका बासिन्दालाई खाद्यान्न राहत वितरण

वौद्धको कपन गुम्बाले चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पार र वडा नं. ६ चुम्चेतका बासिन्दालाई खाद्यान्न वितरण गरेको छ । कोभिड महामारीका कारण खाद्यान्नको अभाव झेलिरहेका तिब्बती सीमामा रहेका दुईवटा वडाका पाँचसय ९१ घरधुरीका बासिन्दालाई चामल, तेल, दाललगायतका खाद्यान्न वितरण गरिएको वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।

राहत वितरणको क्रममा मन्तव्य व्यक्त गर्दै वडाअध्यक्ष लामा पासाङ

‘कपन गुम्बाले यहाँको राजेन गुम्बामार्फत राहत बाँडेको हो’, वडाअध्यक्ष लामाले भने, ‘प्रत्येक घरलाई २५ किलोग्राम चामल, तीन किलोग्राम दाल र दुई लिटर खानेतेलका दरले खाद्यान्न वितरण गरिएको छ ।’ वडा नं. ६ चुम्चेत का दुईसय ८३ घरधुरीका बासिन्दा र वडा नं. ७ छेकम्पारका तीनसय आठ घरका बासिन्दालाई राहत बाँडिएको हो ।


चुम्चेतका लागि चुम्लिङमा र छेकम्पारका बासिन्दाका लागि राजेन गुम्बामा खाद्यान्न वितरण गरिएको वडाअध्यक्ष लामाले बताए । खाद्यान्न वितरण कार्यक्रममा वडाअध्यक्ष पासाङफुञ्जो लामा र राजेन गुम्बाका लामा तेञ्जिङ निमा लामाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

लामाको स्वागत गर्दै
छेकम्पारका बासिन्दालाई वितरण गर्ने तयारी गरिएको खाद्यान्न राहत सामग्री
प्रतिक्रिया दिनुहोस्