
अश्राङमा कांग्रेसको संगठन सुदृढिकरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न
भीमसेन थापा गाउँपालिका–६ मा वुधवार नेपाली कांग्रेसको संगठन सुदृढिकरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भीमसेन थापा गाउँपालिका–६ का पार्टी सभापति भिम बहादुर थापा मगरको अध्यक्षता तथा नेपाली काग्रेस जिल्ला सचिव एवं आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालको प्रमुख अतिथ्यतामा भेला भएको हो ।
भेलामा कांग्रेस जिल्ला सचिव नन्द प्रसाद न्यौपाने, भीमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे, गोरखा नगरपालिका मेयर राजनराज पन्त, क्षेत्र नम्वर एकका पार्टी सभापति धिरन थापा, पूर्व जिल्ला सचिव किरण श्रेष्ठ, जिल्ला समन्वय समिति उपाध्यक्ष जानुका अधिकारी, भीमसेन थापा गाउँपालिका उपाध्यक्ष बिनु वाग्ले, महासमिति सदस्य भूगोल थापा लगायतले मन्तव्य राखेको नेविसंघ जिल्ला सदस्य रमेश थापा मगरले बताए ।




