| मङ्लबार, कार्तिक २४, २०८३

‘स्लो मोटरसाईक रेस’ प्रतियोगितामा आशिषकुमार भट्ट पहिलो

पछिल्लो समय देशभर तिब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको भन्दै न्यूनिकरणका लागि बुधवार गोरखामा सुस्त गतिमा मोटरसाईक चलाउने प्रतियोगिता भएको छ ।
लियो क्लब अफ गोरखाले आयोजना गरेको उक्त प्रतियोगितामा आशिषकुमार भट्ट पहिलो भए । उक्त प्रतियोगितामा राजु खान दोस्रो र विकल बस्नेत तेस्रो भए ।

५६ जना सहभागीलाई पछि पार्दै सुस्त गतीमा मोटरसाईक चलाउँदा दुर्घटनाबाट बच्न सकिने सन्देश दिएका पहिलो,दोस्रो, तेस्रो हुनेहरुले ट्रफि, हेल्मेट, मेडल छाती र घुँडा सेफ्टि गार्ड पाए ।
जिल्ला ट्राफिक कार्यलय गोरखाको समन्वयमा उक्त प्रतियोगिता भएको हो । एक सय रुपैयाँ तिरेर युवाहरु सहभागी बनेका थिए ।

सहभागीबाट संकलन भएको रकम गोरखा जिल्लाका श्रवण क्षमता कमजोर भएका विद्यार्थीहरुका लागि श्रवण मेसिन खरिद गर्न खर्च गरिने लियो क्लव गोरखाले जनाएको छ ।

गोरखा सदरमुकामको बसपार्कमा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यलय गोरखाका प्रमुख मित्रलाल ढकाल, क्लबकी अध्यक्ष गंगा श्रेष्ठ, क्लवका सल्लाहाकार श्याम बाबु जोशि, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्