| मङ्लबार, कार्तिक २४, २०८३

संसद पुनर्स्थापना भएको खुसीयालीमा गोरखामा प्रचण्ड–माधव पक्षको सभा

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेकामा बुधवार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षधरले गोरखामा खुसीयाली मनाएका छन् ।

जिल्ला पार्टीले गोरखा सदरमुकामको हरमटारी चोकमा धन्यवाद सभाको आयोजना गर्दै संसद बिघटन गर्ने सरकारको निर्णय बिरुद्धको आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको हो ।
नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य कृष्ण धितालले अदालतको निर्णयले संविधान, गणतन्त्र र संघियताको रक्ष भएको बताए ।

‘कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाको सिद्धान्त, मुल्य मान्यताको अदालतले रक्षा गरेको छ’ उनले भने ।
सभामा जिल्ला सह इन्चार्ज अमर तमु, प्रचण्ड–माधव पक्षधरका जिल्ला सचिव यादब बस्नेत लगायतले संसद बिघटन गर्ने निर्णय बदर गरेको प्रति न्यायाधिशहरुलाई धन्यवाद दिए । साथै नेकपाका नेताहरुले जनताको जित भएको बताउँदै संसद बिघटनको निर्णय नै संविधान बिपरित भएकाले अदालतको निर्णयले देशको संविधानको रक्षा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्