| सोमवार, कार्तिक २३, २०८३

पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविरमा १२३ जनाले सेवा लिए

रोटरी क्लव र रोट्रयाक्ट क्लव अफ गोरखाको आयोजना र शहिदलखन गाउँपालिकाको सहयोगमा घैरुङ स्वास्थ्य चौकीमा पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको छ ।

शिविरमा भीआइए पोजेटिभ चार जना, पाठेघरको संक्रमण भएका ४५ जना, आङ खस्ने पहिलो चरणका तीन, दोस्रो चरणका चार जना र अन्य समान्य अवस्थाका रहेका थिए ।
सोमवारबाट शहिदलखन गाउँपालिकाको बिभिन्न वडामा सुरु भएको शिविर पाँच दिनसम्म चल्ने रोटरी क्लव अफ गोरखाका अध्यक्ष काशिनाथ अम्गाईले बताए । नेपाल अस्टे«लियन सर्भिकल सेन्टर फाउण्डेसन बनेपाको सहयोगमा उक्त शिविर संचालन भएको हो ।

बुधवार ताक्लुङ स्वास्थ्य चौकीमा शिविर संचालन हुनेछ । मंगलवार घैरुङमा भएको शिविरको उद्घाटन शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्