| मङ्लबार, कार्तिक २४, २०८३

काशिगाउँका ३६५ घरधुरीमा एकघर एकधारा

धार्चे गाउँपालिका वडा नं. ६ को काशिगाउँमा एकघर एकधारा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको काशिगाउँ एकघर एकधारा कार्यक्रम हालै सम्पन्न भएको वडाअध्यक्ष धनकुमार घलेले जानकारी दिए ।
‘काशिगाउँको तीनसय ६५ घरधुरीका सबै घरमा धारा जडान गरेर खानेपानी प्रयोग गर्न थालिसकियो’, वडाअध्यक्ष घलेले भने, ‘घरघरमा धारा जडान गर्न पाउँदा स्थानीयबासी धेरै खुशी भएका छन् ।’ आयोजना सम्पन्न भएपनि उद्घाटन भने भएको छैन । छिट्टै उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।
केरौंजा र काशिगाउँको सीमानामा रहेको आयुखोलाको शीरबाट ६५०० मिटर परको स्रोतबाट पानी ल्याएर वितरण गरिएको उनले बताए ।
दुईबर्ष अघिदेखि सुरु भएको योजना हालै सम्पन्न भएको हो । पहिलो बर्ष २० लाख र यो बर्ष ७५ लाख रुपैयाँको लागतमा योजना सम्पन्न भएको वडाअध्यक्ष घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्