
गोरखामा तीन हजार छ सय ४९ जनाले कोरोना खोप लगाए
गोरखाका थप एक सय १४ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् ।
दोस्रो चरणको खोप अभियान अन्तरगत आइतवार गोरखा अस्पतालमा ११० र आरुघाटको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा चार जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सँगै जिल्लामा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या तीन हजार छ सय ४९ पुगेको छ । दोस्रो चरणको खोप अभियान आज सकिने कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले बताए ।




