
आरुघाट र भिमसेनमा कांग्रेसको संगठन सुदृढिकरण कार्यक्रम
गोरखाको भिमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसले संगठन सुदृढिकरण अभियान संचालन गरेको जनाएको छ ।
एक हप्ता सम्म बिभिन्न वडा स्तरमा उक्त अभियान संचालन हुने कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए ।
आईतवार आरुघाट गाउँपालिका वडा नम्बर ९ र १० मा प्रशिक्षण कार्यक्रम भएको थियो । गाउँपालिकाका पार्टी सभापति ज्ञानप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, जिल्ला सचिव नन्दप्रसान न्यौपाने, पूर्ण दाहाल, क्षेत्रिय सभापति धिरन थापा, महासमिति सदस्य राजनराज पन्त, जिल्ला सदस्य दुर्गा गुरुङ, गगन अधिकारी, राजु गुरुङ, भुगोल थापा लगाएतले कांग्रेसको संगठनका बारेमा धारणा राखेका थिए ।
यस्तै भिमसेन थापा गाउँपालिका वडा नम्बर ४ धावामा पनि कार्यक्रम भएको छ ।
उक्त कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, नगरप्रमुख राजन पन्त, किरण श्रेष्ठ, भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे, डिल्लिराम तिमल्सिना, जिल्ला सदस्य विश्वदेव श्रेष्ठ, भिमसेन थापा गाउँपालिका उपाध्यक्ष बिनु वाग्ले लगायतले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए । सरकारको असंवैधानीक कदम सँगै पार्टीको योजनाका बारेमा गाउँगाउँ पुगेर कार्यकर्तालाई प्रशिक्षण दिन अभियान सुरु भएको कांग्रेसका जिल्ला सचिव न्यौपानेले बताए ।




