गोरखामा कोरोना बिरुद्धको दोस्रो चरणको खोप १० गते सम्म लगाईने
कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप अभियान आइतवार र सोमवार (१०) गते सम्म लगाइने छ । खोप लगाउन छुटेकाहरुलाइ लक्षित गरी दुई दिन थप गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।
छुटेकाहरुले गोरखा अस्पतालमा रहेको केन्द्रमा आएर खोप लगाउन सक्ने कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले बताए । दोस्रो चरणको खोप अभियान अन्तरगत शनिवारसम्म कुल २ हजार ९० जनाले खोप लगाएको उनले बताए । दुई हजार चार सय ९५ जनालाइ लगाउने लक्ष्य लिइएको थियो ।
पहिलो चरणको खोप अभियानमा छुटेका ५८ जनाले पनि खोप लगाएको उनले बताए । पहिलो चरणको अभियानमा १ हजार ५५९ जनालाई खोप लगाइएको कार्यालयले जनाएको छ । १ हजार ६०८ जनालाइ लगाउने लक्ष्य रहेको थियो । हालसम्म तीन हजार छ सय ४९ जनाले खोप लगाएका छन् ।