| सोमवार, कार्तिक २३, २०८३

खोलखोले तारेभिर खानेपानीको अधिवेशन

गोरखा नगरपालिका–८ आदर्शनगरको खोलखोले तारेभिर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयन भएको छ ।
शनिवार भएको आठौं साधारणसभा तथा चौंथो अधिवेशनले बाबुराम खत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ, सचिव रामशरण खत्री, सहसचिव मनराज थापा र कोषाध्यक्ष कल्पना ढकाल चयन भएका छन् । सदस्यहरुमा रञ्जिता थापा, ढक बहादुर गुरुङ, डिलबहादुर खत्री, सपना खत्री रहेका छन् ।

साधारणसभामा सचिव बाबुराम खत्री र कोषाध्यक्ष इन्द्रकुमारी खत्रीले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नम्वर ८ का अध्यक्ष कृष्णबहादुर खत्री, संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार ऋषिराम खत्री, उपाध्यक्ष इश्वरबहादुर खत्री लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्