| सोमवार, कार्तिक २३, २०८३

हिमालयन युवा समाजको पहिलो साधारण सभा सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर १२ दशकिलोमा रहेको हिमालयन युवा समाजले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । शुक्रवार आँबुखैरेनीमा आयोजित एक कार्यक्रमका बीच साधाराण सभा सम्पन्न गरेको हो ।
समाजका अध्यक्ष मनोज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, वडा नम्बर १२ का अध्यक्ष दिलबहादुर थापा, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, दिगो सामुदायिक बिकास केन्द्रका अध्यक्ष मिना अधिकारी, समाजका उपाध्यक्ष सुरेन्द्र कुमाल लगायतले शुभकामना मन्तब्य राखेका कार्यक्रम संचालक इश्वर संग्रौलाले जानकारी दिए ।
साधारण सभामा वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिलबहादुर थापाले पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्