| आइतवार, कार्तिक २२, २०८३

रोजगारी चाहियो ? आँबुखैरेनी गाउँपालिकामा आवेदन दिनुहोस् !

तपाई बेरोजगार हुनुहुन्छ ? कामको खोजीमा भौतारिनु भएको छ ? यदि छ र तपाई आँबुखैरनी गाउँपालिका भित्रको हुनुहुन्छ भने नजिकको वडा कार्यालयमा आवेदन दिनुहोस् । तपाईलाई एकसय दिनको रोजगारी गाउँपालिकाले दिनेछ ।
१८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार ब्यक्तिलाई एकसय दिनको रोजगारी दिने गरी आँबुखैरेनी गाउँपालिकाले निवेदन माग गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए । फागुन मसान्तसम्म वडा कार्यालयमा आवेदन दिएकाहरुबाट छनौट गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत उनीहरुलाई काम दिने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
नागरिकताको प्रतिलिपी, फोटो, जन्मदर्ताको प्रतिलिपी, परिवारका अन्य सदस्यको नागरिकताको प्रतिलिपी, अन्य जिल्लाबाट नागरिकता जारी भएको भए बिवाह दर्ता वा बसाईसराईको प्रतिलिपी पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए ।

आवेदन दिनेहरुले परिवारको वार्षिक आम्दानी खुलाउनुपर्छ । एकै परिवारका एक भन्दा बढि बेरोजार भएमा छुट्टाछुट्टै आवेदन दिनुपर्ने अधिकृत पोखरेलले बताए । ‘फागुन मसान्त भित्र वडामा सुची दर्ता गरेकाहरु मध्येबाट छनौट गरेर रोजगारी दिने हो’ उनले भने ‘एक जना श्रमिकले दैनिक पाँच सय १७ रुपैयाँ पाउनेछन् ।’
एक वडा एक चौतारी, एक वडा एक पोखरी बनाउने गाउँपालिकाको योजना अनुसारका काममा प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका श्रमिकलाई लगाउने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्