| आइतवार, कार्तिक २२, २०८३

ब्रह्माचारिणीका विद्यार्थीलाई पुरस्कार सहित छात्रवृत्ती


गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ को ब्रह्माचारिणी आधारभुत विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाले अविभाबक बिहिन ८ जना विद्यार्थीलाई जनही तीन हजार पाँच सय रुपैयाँ प्रदान गरेको हो । सोही अवसरमा गत शैक्षिक सत्रमा पहिलो, दोस्रो, तेस्रो भएकाहरुलाई पुरस्कार बितरण र कक्षा ८ बाट ९ मा जानेहरुलाई बिदाई गरिएको विद्यालयले जनाएको छ ।


कार्यक्रममा बिद्यालयको शैक्षिक अवस्था सुधार गर्न भन्दै पूर्व प्रहरी नायब उपरीक्षक मकर बहादुर गुरुङले एक लाख ,भारतीय भुपु सुबेदार कृष्ण बहादुर गुरुङले एक लाख र भारतीय भुपु सुबेदार जस बहादुर गुरुङबाटले दश हजार विद्यालयका प्रधानाध्यापक आशा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमर गुरुङको अध्यक्षता तथा बारपाक सुलिको अध्यक्ष बिष्णुप्रसाद भट्टको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख प्रसाकिय अधिकृत गौतम भण्डारी ,वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ, चन्दा दाता मकर बहादुर गुरुङ र कृष्णबहादुर गुरुङले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्