| आइतवार, कार्तिक २२, २०८३

नौ बर्षदेखि गाईखुरमा उपस्वास्थ्यचौकी

जग्गा अभावमा १० भन्दा बढि स्वास्थ्य संस्था निर्माण हुन सकेन

राष्टिूय पुन निर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन इकाई (भबन) मार्फत गोरखामा ४२ वटा स्वास्थ्य संस्था बनाउने योजना अघि बढाएको थियो । चालु वर्षको सात महिना बितिसक्दा अहिलेसम्म एउटा पनि स्वास्थ्य संस्थाको निर्माण सुरु भएको छैन् ।
स्वास्थ्य संस्था निर्माण गर्न जग्गा व्यवस्थापन हुन नसक्दा मकैसिंङ, लापु, आँपपिपल, बिही, ल्हो, लाप्राक, गाँखु, केराबारी, चुम्चेत र प्रोकको स्वास्थ्य संस्था निर्माण हुन सकेको छैन । जौवारी प्राथमिक स्वास्थ्य केन्द्र भने स्थानीय तहले निर्माण गर्ने भएको छ ।


‘केही स्वास्थ्य संस्थाको नाममा जग्गाको लालपूर्जा नहुँदा भवनको स्टमेट समेत गर्न सकिएको छैनु जिल्ला आयोजना कार्यन्वयन इकाई भबनकी प्रमुख सुनिता श्रेष्ठले भनिन् । नेपाल सरकारले १४ र भारत सरकारको सहयोगमा ३० वटा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको थियो ।
दुईवटा भने तनहुँमा निर्माण हुने र बाँकी ४२ वटा गोरखामा निर्माण हुनेछ । यी मध्ये ताकुकोट, जौवारी र मकैसिंङमा प्राथमिक स्वास्थ्य केन्द्र र अन्य ठाउँमा स्वास्थ्य चौकी निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले बताईन ।


स्वास्थ्य चौकीका लागि दुई करोड ५० लाख र प्राथमिक स्वास्थ्य केन्द्रका लागि पुन निर्माण प्राधिकरणले करिब १२ करोड रुपैयाँ बिनियोजन गरेको छ । अहिले सम्म २४ वटा स्वीकृतका लागि पठाएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । अन्य स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रको भने भबन बन्ने जग्गा ब्यवस्थापन भईसकेको छैन ।


‘जग्गा अभाव भएका स्वास्थ्य संस्थाहरुको जग्गा व्यवस्थापन गर्न पहल भइरहेको छ । जग्गा ब्यवस्थापन भएका भएकाहरुको योजना स्वीकृतको चरणमा छु जिल्ला आयोजना कार्यन्वयन इकाई प्रमुख श्रेष्ठले भनिन् ।


चालु आर्थिक वर्षको स्विकृत कार्यक्रमको बहुवर्षिय योजना अन्र्तगत स्वास्थ्य चौकी निर्माण हुन लागेको हो । केरौँजा काशिगाउँ, दर्बुङको ढिला गरी जग्गा प्राप्त भएकाले अहिले स्विकृतका लागि पठाउन लागिएको कार्यालयले जनाएको छ । बक्राङ, आरु पोखरी, मान्बु, मनकामनाको स्वास्थ्य संस्था भबन स्विकृतको चरणमा छ । ‘जग्गा प्राप्त गर्न स्थानीय तह सँग समन्वय गरि रहेका छौँु इकाई प्रमुख श्रेष्ठले भनिन् ‘जग्गा नभएको ठाउँमा स्टमेट गर्न सक्दैनौँ, त्यसैले स्विकृत हुन सकेको छैन । तनहुँमा बन्ने दुईवटा स्वास्थ्य संस्थाको भने योजना स्वीकृतको चरणमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्