| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनीका कर्मचारी र जनप्रतिनिधिले कोरोना खोप लगाए

तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले कोरोना बिरुद्धको खोप लगाएका छन् । वडा नम्बर ३ स्थित स्वास्थ्य चौकीमा सोमवार गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडा अध्यक्ष र अन्य कर्मचारीहरुले खोप लगाएका हुन् ।

यस अघि छुटेका एम्बुलेन्स चालक, सरसफाईकर्मी, प्रहरी, कर्मचारी लगायतलाई सोमवारदेखि खोप लगाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्