| आइतवार, कार्तिक २२, २०८३

गोरखा जिल्ला अदालतले नयाँ भबनबाट सेवा थाल्यो


दरौंदी समाचारदाता


गोरखा जिल्ला अदालतले नयाँ भबनबाट सेवा सुरु गरेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई (भबन) र निर्माण कम्पनीले हस्तान्तरण नगर्दा निर्माण कार्य सम्पन्न भएको लामो समयसम्म भाडाकै घरबाट सञ्चालन भइरहेको अदालतले आईतबारदेखि नयाँ भबनबाट काम सुरु गरेको हो ।


‘हामीले शनिबार र आईतबार भाडाको घरबाट नयाँ भबनमा सामग्री सा¥यौँ’ श्रेस्तेदार बिनोदप्रसाद अधिकारीले भने ‘पहिले भाडाको साँगुरो घरमा कार्यालय सञ्चालन गर्नुपर्दा अदालतलाई सेवा प्रवाहमा समस्या भएको थियो । नयाँ भबनबाट सेवा दिन अहिले निकै सजिलो भएको छ ।’ सोमबारदेखि नयाँ भबनमा रहेको थुनुवा कक्षको पनि प्रयोग सुरु भइसकेको श्रेस्तेदार अधिकारीले बताए । अदालतको कामका लागि लगिएका आरोपीहरुलाई थुनुवा कक्षमा राखिन्छ । अदालतमा बाल ईजलास कक्ष पनि छ । ‘त्यसलाई ब्यवस्थित गर्न भने बाँकी छ’ श्रेस्तेदार अधिकारीले भने ।


पहिले भन्दा निकै ठुलो बनेको अदालत भबन अहिले सुविधा सम्पन्न छ । फरक फरक शाखाका लागि फरक कोठा छन् । पार्किङ र लिफ्टको पनि ब्यवस्था छ । दरबन्दी ३६ जनाको रहेको गोरखा जिल्ला अदालतमा अहिले करार सहित २५ जना कार्यरत छन् । ‘लिफ्ट चल्ने बनाउन, सोलार प्यानल ब्यवस्थित गर्न, र पानी टंकी मर्मत गर्न भनेका छौँ’, श्रेस्तेदार अधिकारीले भने, ‘बाँकी काम गरिदिने गरी सेवा नयाँ भबनबाट सुरु भएको हो ।’ सेवा लिन र दिन दुबै पक्षलाई सजिलो हुने अदालतले जनाएको छ । यसअघि निर्माण भबन निर्माण पूरा गरेर पनि स(साना काम बाँकी राखेकाले हस्तान्तरण हुन नसकेको अदालतले जनाएको छ ।


२०७५ बैशाख १ गतेदेखि मासिक ६४ हजार रुपैयाँ भाडा तिरेर कार्यालय संचालन गर्दै आएको अदालत नयाँ घरमा सरेको हो । १६ करोड १४ लाखमा तुलसीभक्त कन्टूक्सन प्रालिले उक्त भबन निर्माण गरेको थियो । अदालतले भबन हस्तान्तरण गर्न जिल्ला आयोजना कार्यन्वयन ईकाई (भबन) लाई पटक(पटक ताकेता गरेपछि उक्त भबनबाट अदालतले सेवा थालेको जनाएको छ । गत बैशाख, असार हुँदै मंसिरमा हस्तान्तरण गर्ने योजना बनेको अदालत अन्ततः माघको तेस्रो साता हस्तान्तरण भएको छ । आयोजना कार्यान्वयन ईकाई भबनकी प्रमुख सुनिता श्रेष्ठले अदालतले स(साना काम देखाएर स्टमेट भन्दा बाहिर काम लगाउँदा ढिला भएको बताएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्